धनगढीमा उत्कृष्ट टिकटक बनाउने ठकुरी पुरस्कृत हुँदै

Image

धनगढी ।

धनगढी उपमहानगरपालिकाले उत्कृष्ट टिकटक बनाउने लोकेन्द्रपाल ठकुरीलाई पुरस्कृत गर्ने भएको छ।  मंसिर महिनामा सबैभन्दा उत्कृष्ट टिकटक बनाएर स्वच्छता सम्वन्धि चेतनामुलक टिकटक बनाएको भन्दै उपमहानगरले पुरस्कार स्वरुप नगद १५ हजार प्रदान गर्ने भएको हो।

धनगढी उपमहानगरपालिकाको स्वच्छता विषय सम्बन्धि टिकटक प्रतियोगितामा ठकुरी मंसिर महिनाका लागि पहिलो भएका हुन्।

धनगढी उपमहानगरपालिकाले ठाउँठाउँमा कुहिने र नकुहिने फोहोरका लागि डस्टविन राखेको छ, ‘प्लाष्टिक झोला प्रयोग गर्न छोडौँ’ भन्ने सन्देशमुलक टिकटक बनाएर पोस्ट गरेका ठकुरीको अन्तिम छनोट अवधिसम्म सबैभन्दा बढी अर्थात ३६ हजारले टिकटक हेरेका थिए।

साथै, उपमहानगरपालिकाले पुस महिनाका लागि पनि यसैगरी उत्कृष्ट चेतनामुलक टिकटक बनाउने प्रतियोगी छनोट गर्ने जनाएको छ।