Khabar Board
Flash logo up side
Nirbachan aayog

यी हुन् पहिलो खेलमा नेपाल हार्नुका कारण, दोस्रो खेलमा दुई ठूलो परिवर्तनको सम्भावना

Nirbachan m

काठमाडौं ।

जिब्बाब्वे ‘ए’ सँगको वानडे सिरिजअन्तर्गतको पहिलो खेलमा घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको छ । योसँगै तीन खेलमा श्रृंखलामा नेपाल १–० ले पछि परेको छ । जिम्बाब्वेले भने एकदिवसीय सिरिजमा पनि सुखद सुरुवात गर्‍यो ।

शुक्रबार भएको पहिलो एकदिवसीयमा नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बाब्वेले २६ ओभरममा ७ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि इनोसेन्ट केइयाले ४८ बलमा चार चौका र एक छक्कासहित ४८ रन बनाए । ब्राड इभन्स १७ रनमा अविजित रहे ।

केफस जुवाओले ३२ र रोय केइयाले १४ रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा एक मेडनसहित ३२ रन दिएर दुई विकेट लिए । त्यस्तै, करण केसीले ५ ओभरमा ३० रन दिँदै २ विकेट नै हात पारे ।सोमपाल कामी र सागर ढकालले एक/एक विकेट बाँडे । एक विकेट भने नेपालले रन आउटको रूपमा प्राप्त भयो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्याे । नेपालका लागि सोमपाल कामीले ७० बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ३० रन बनाए ।

त्यस्तै, करण केसीले २५, कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । जिम्बाब्वेका लागि ब्राड इभन्सले चार, भिक्टर न्याउची, ब्रेन्डन माभुता र केफस जुवाओले दुई/दुई विकेट हात पारे ।

पहिलो खेलमा नेपाल हार्नुको मुख्य कारण कमजोर ब्याटिङ नै रह्यो । नेपालले सुरुवात टी–१० नै शैलीमा गर्‍यो । पहिलो २ ओभरमा नेपालले बिनाविकेट २२ रन जोड्यो । तर, फेरि पनि आक्रामक शैली कायमै राख्दा नेपालले छिनछिनमै विकेट गुमाउन पुग्यो ।

Panacea Education

नेपालले तेस्रो ओभरमा कुशल र चौथो ओभरमा आसिफलाई गुमायो । दुवै ओपनर आउट भएपछि निकै दबाबमा रहेको नेपालको पारी कुनै पनि ब्याटरले राम्रोसँग सम्हाल्न सकेनन् । सोमपालले सम्हालेर खेल्ने खाेजे पनि उनले अन्य ब्याटरको साथ पाउन सकेनन् । फलस्वरूप नेपाल पराजित हुन पुग्यो । साथै, नेपाल हारको अर्को कारण अनुभवी ब्याटरको अभाव पनि देखियो ।

पहिलो खेलमा नेपालको टिममा सबै ब्याटर युवा नै थिए । टिममा विनोद भण्डारी भए पनि उनलाई प्लेइङ–११ मा समावेश गरिएको थिएन । टियूको पिचसँग राम्रो परिचित उनलाई प्लेइङ–११ मा समावेश गरिएको भए नेपालले प्रतिस्पर्धात्मक लक्ष्य दिने सम्भावना थियो ।

धैर्य भएर खेल्दै जिम्बाब्वेलाई २०० सयम्मको लक्ष्य दिन सकेको भए नेपालले खेल जित्ने सम्भावना बलियो थियो । शनिबार हुने दोस्रो खेलमा नेपालले प्लेइङ–११ मा परिवर्तन देख्न पाइने सम्भावना बलियो छ । दोस्रो म्याचमा नेपालले आरिफ शेख र सागर ढकाललाई विश्राम दिएर देव खनाल र विनोद भण्डारीलाई प्लेइङ–११ मा समावेश गर्न सक्छ ।

सागरको स्थानमा टी–२० मा राम्रो प्रदर्शन गरेका स्पिनर बसिर अहमदलाई मौका दिनुपर्ने धेरै समथर्कको माग पनि छ । तर, एकदिवसीयका लागि क्यानले यसअघि घोषणा गरेको टिममा बसिरलाई राखिएको थिएन । जसकारण उनले दोस्रो वानडे खेल्ने पाउने सम्भावना कम छ ।

दोस्रो एकदिवसीयका लागि नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, विनोद भण्डारी, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र सुशन भारी । दोस्रो खेलमा सुनिल धमला, आरिफ शेख, विक्रम सोब, सागर ढकाल र किशोर महतो भने बेन्चमै बस्न सक्छन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.