हेटौंडा–१५ मा पाँचदिने अचार बनाउने तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र प्रदान

Image

हेटौंडा । सीप विकासमार्फत आत्मनिर्भरता र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–१५ मा सञ्चालित पाँचदिने अचार बनाउने तालिम सम्पन्न भएको छ ।

‘सीप सिकौं, आत्मनिर्भर बनौं !’ भन्ने नारासहित मंसिर २ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिएको तालिममा २७ जना सहभागीहरूलाई विभिन्न प्रकारका अचार बनाउने सीप प्रदान गरिएको थियो ।

तालिम समापनसँगै आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष मोक्तानले तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

वडा कार्यालयको प्रायोजनमा सञ्चालित तालिमले स्थानीय नागरिकलाई सीपयुक्त बनाउँदै आफ्नै सीप र श्रमबाट आयआर्जन गर्ने बाटो पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस्ता सीपमूलक कार्यक्रमले स्वरोजगार सिर्जना, उद्यमशीलता विकास र आर्थिक आत्मनिर्भरता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।