आज देशभर आंशिक बदली हुने, मंगलबार र बुधबारको मौसम कस्तो रहला ?

Image

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली छैन। हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ।

मौसमविद्का अनुसार आज सोमबार देशभर आंशिक बदली रहने छ भने भोली मंगलबार दिउँसो सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आँशिक बदली रहने छ।

यसैगरी मंगलबार राति सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ। सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार दिउँसो सुदुर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू(भागहरुमा आँशिक बदली रहने मौसमविद्ले जानकारी दिएका छन् । सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार राति सुदुर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी,गण्डकी तथा बागमती प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहानीपख उपत्यका लगायत तराईका जिल्लाहरुमा हुस्सुरकुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।