काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पुस ७ मा पक्राउ परेका सुवेदी दम्पतीलाई हाजिरी जमानीमा रिहा गरिएको छ ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिचौलिया आरोपमा नियन्त्रणमा लिएका लेखनदास ५७ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५५ वर्षीया माधवी सुवेदीलाई मंगलबार हाजिरी जमानीमा छाडिएको हो।

आवश्यक परेका बेला उपस्थित हुने सर्तमा ब्युरोले उनीहरूलाई आफन्तको जिम्मामा छाडेको हो।
