ललिता निवास जग्गा प्रकरण: ‘किर्ते’ मुद्दामा पक्राउ गरिएका सुवेदी दम्पती रिहा

Image

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पुस ७ मा पक्राउ परेका  सुवेदी  दम्पतीलाई हाजिरी जमानीमा रिहा गरिएको छ ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिचौलिया आरोपमा नियन्त्रणमा लिएका लेखनदास ५७ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५५ वर्षीया माधवी सुवेदीलाई मंगलबार हाजिरी जमानीमा छाडिएको हो।

आवश्यक परेका बेला उपस्थित हुने सर्तमा ब्युरोले उनीहरूलाई आफन्तको जिम्मामा छाडेको हो।