एमसीसीलाई अन्योल बनाइराख्नु हुँदैन, संसद्लाई निर्णय गर्न दिनुपर्छ ; नेपाली कांग्रेस

Image

काठमाडौं । नेपाली कांग्रेसले एमसीसीलाई अन्योल बनाइराख्न नहुने बताएको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता डा. प्रकाशरण महतले एमसीसीलाई अन्योल बनाउन नहुने र संसद्लाई निर्णय गर्न दिनुपर्ने बताए ।

“एमसीसीलाई अघि बढाउने कुरामा पार्टीको विमति छैन । सरकार लागिरहेको छ । संसद् नै सर्वोच्च निकाय हो । यो विषय पनि त्यहाँ प्रवेश गरियो भने जनतामा अफवाह फैलिरहेको छ । जनताका प्रतिनिधिले गुण र दोषको आधारमा निर्णय गर्नुहोला नि त । यो विषय अन्योल राखिनुहुँदैन,” उनले भने ।

संसद्मा छलफल भए ठूलो बहुमतका साथ पारित हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।