स्थानीय निर्वाचन : फागुन ५ देखि १५ गतेसम्म दल दर्ता

Image

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ ।

स्रोतकाअनुसार आयोगले आउँदो फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि समय दिने आन्तरिक कार्यतालिका बनाएको छ । आयोगले दल दर्ताका लागि १० दिनको समय दिने भएको हो ।

त्यस्तै दर्ता हुन आएका दलको छानबिन गर्नका लागि एक साताको समय छुट्याइएको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुँदैछ ।

यो पनि 

निर्वाचन आयोगले आइतबारदेखि दैनिक ब्रिफिङ गर्ने