Khabar Board
Flash logo up side
flash header

दुई मन्त्री थप्ने र केन्द्रीय सदस्य मनोनीत गर्ने गृहकार्यमा देउवा

Nirbachan m

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई मन्त्री थप्ने तयारी गरेका छन् । आउँदो सोमबारसम्म मन्त्रीमण्डल विस्तार गर्ने उनको तयारी छ ।

देउवानिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थप गर्न लागेका हुन् । हाल ती मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्दै आएका छन् ।

थपिने दुवै मन्त्री नेपाली कांग्रेसका तर्फबाट हुने स्रोतको दाबी छ ।

गएको असार २९ गते देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको थियो । त्यसपछि उनले तीनपटक मन्त्रीमण्डल विस्तार गरिसकेका छन् । अहिले मन्त्रिपरिषद् २३ सदस्यीय छ । दुई मन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।

Center article

बाँकी केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी

कांग्रेस सभापति देउवाले बाँकी १७ केन्द्रीय सदस्य पनि मनोनीत गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसको विधानमा सभापतिले ३३ केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । यसअघि, उनले १६ केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन् ।

आउँदो सोमबारसम्म बाँकी केन्द्रीय सदस्य मनोनीत गर्ने देउवाको तयारी रहेको स्रोतको भनाइ छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.