काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध तीनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा विरुद्ध महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका छन् ।
आइतबार गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) का ९८ जना सांसदहरूले हस्ताक्षर गरेर महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् ।
११ बजेर १० मिनेटमा दर्ता भएको पत्रमा महाअभियोग लगाउनुपर्ने आधार र कारण खुलाइको छ । जसमा प्रधानन्यायाधीश जवराले लोकतन्त्र, मानवअधिकार, जनताको न्यया, स्वतन्त्र सक्षम निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जर्गेना गर्न असक्षम भएको उल्लेख गरिएको छ ।
यस्तै सर्वोच्चमा भ्रष्टचार मौलाएको पनि उल्लेख गरिएको छ।