भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक फेरि सर्‍यो

Image

काठमाडौं । प्रतिनिधिसभाको भोलि (फागुन २ गते) सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

संघीय संसद् सचिवालयले आइतबार एक सूचना जारी गर्दै सोमबार फागुन १४ गतेका लागि बोलाइएको बैठक स्थगित गरिएको जानकारी दिएको हो ।

बैठक फागुन १६ गते बुधबार दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ । महासचिव डा भरतराज गौतमले ‘विशेष कारणले’ बैठक बुधबारका लागि सारिएको जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग लगाएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।