ओलीलाई भेट्न देउवा बालकोटमा

Image

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट गएका छन् । गठबन्धनको बैठक सकिएलगत्तै देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका हुन् ।

आजको बैठकमा एसमीसीबारे सत्ता गठबन्धनमा सहमति नभएको बुझिएको छ ।

यद्यपि नेताहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

सरकारका प्रवक्ता ज्ञानेनद्रबहादुर कार्कीले गठबन्धनका शीर्ष नेताहरूको बैठक भोलि बिहान फेरि बस्ने बताएका छन् ।