काठमाडौं । सत्ता गठबन्धनमा किचलो भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा विपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास पुगेका छन् ।
देउवा पत्नी आरजु राणालाई लिएर बालकोट पुगेका छन् । देउवा एमसीसी पारितका लागि एमालेको सहयोग खोज्दै बालकोट पुगेका हुन् ।