सत्ता गठबन्धनका नेताको बैठक सकियो, अब ८ गते फेरि बस्ने

Image

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको आजको बैठक सकिएको छ । बैठकस्थल बालुवाटारबाट नेताहरू बाहिरिएका छन् ।

गठबन्धनको अर्को बैठक यही फागुन ८ गते बस्ने सहमति भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।

बैठकका थप निर्णयबारे जानकारी गराइएको छैन । अमेरिकी सहयोग परियोजना (एमसीसी), संसद् अवरोधलगायत विषयमा निकास निकाल्न बैठक बसेको थियो ।