एजेन्सी
युक्रेनमाथि रुसको हमलापछि मंगलबार राती अमेरिकी संसदलाई सम्बोधित गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिकाको निर्णयबारे देश र संसदलाई अवगत गराएका छन् ।
उनले आफ्नो भाषणको सुरुवात आफ्नो र अन्य देशको विदेश नीतिबाट गरे ।
युक्रेनमाथि रुसको हमलाको आज सातौँ दिन हो । यतिबेला युक्रेनको मद्दतका लागि अमेरिकाले के कति गरेको छ त ?
- ३५ करोड डलरको हतियार युक्रेनलाई दियो
- ५.४ करोड डलरको मानवीय सहायता जारी गर्यो
- केही रुसी बैंकलाई अन्तरराष्ट्रिय मेसेजिङ सिस्टमबाट हटायो
- ओलिगार्क (रुसको कुलीन तन्त्रको सदस्य वा समर्थक) को सम्पत्ति जफत गर्नका लागि ट्रान्स–अटलान्टिक टास्क फोर्समा समावेश
- रुसी विमान र रुसद्वारा सञ्चालित विमानका लागि अमेरिकी हवाई क्षेत्रलाई बन्द गर्यो
ह्वाइट हाउसले संसदलाई आगामी केही महिनाका लागि थप ६.४ बिलियन डलरको आपतकालीन सहयोगका लागि आग्रह गरेको छ ।
यद्यपि, बाइडेनले युक्रेनमा रुससँग लडाईंका लागि अमेरिका आफ्नो सेना नपठाउने बताएका छन् ।