काठमाडौं ।
बलेफी हाईड्रोपावर लिमिटेडले चैत १६ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ । २०७८ चैत २१ गतेसम्म यस आइपिओमा आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
जसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कर्मचारीलाई, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सामूहिक लगानी सुरक्षित राखि बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि सर्वसाधारणलाई निष्काशन गरिएको छ ।
इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरोसेयर र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले रहेको छ । इक्रा नेपालले यस आइपिओलाई डबल बि रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ ।
कम्पनी परिचयः बलेफी हाईड्रोपावर लिमिटेड कम्पनी ऐन,२०६३ अन्तर्गत २०७३ पौष २२ गते पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय,काठमाडौं वडा नं. १२, टेकु, काठमाडौंमा रहेको छ । नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी संभाव्यता अध्ययन, निर्माण र संचालन गर्ने हेतु स्थापना भएको हो ।
यस कम्पनी अन्तर्गत निर्माणधीन बलेफी हाईड्रोपावर आयोजना सिन्धुपाल्चोक जिल्ला,जुगल गा.पा. नं. २,३, र ४ (साविकका गोल्चे, गुम्बा र पाङताङ गा.वि.स)मा पर्दछ ।
आयोजना सम्बन्धि जानकारी : संस्थाले २०७२ मंसीर २९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद विक्री सम्झौता गरेको छ । विद्युत उत्पादन अनुमति बहाल रहने अवधि २१०८/०४/११ सम्म रहेको छ । सिन्धुपाल्चोक जिल्लामा वलेफी–ए जलविद्युत आयोजनाको निर्माण कार्य भैरहेको छ जसकोे क्षमता ३६ मेगावाट रहेको छ । यस आयोजनाको किसिम रन आफ रिभर हो । आयोजनाको हालको अनुमानित लागतः रु.७,६५५,९४९,४८३ रहेकोछ । २०७८ फागुन १७ गते देखि उत्पादन शुरु हुनेछ । उत्पदान अनुमतिको बाँकी अवधि ३० वर्ष ७ महिना रहेकोछ ।
विद्युत खरिद विक्री सम्बन्धी : विद्युत खरीद विक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०७२।०८।२९ मा सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणले ब्यापारिक उत्पादन शुरु हुने मितिदेखि हरेक महिना कम्पनीले आयोजनाबाट विद्युत शक्ति उत्पादन गरी उपलब्ध गराएको कन्ट्रयाक्ट इनर्जीको परिमाणसम्मको उर्जा खरिद वापत वर्षा याममा प्रति कि.वा. घण्टा रु.४.८० (चार रुपैया असी पैसा मात्र) र सुख्खायाममा प्रति कि.वा. घण्टा रु.८.४० (आठ रुपैया चालिस पैसा) विद्युत खरिद दरले हुन आउने रकम कम्पनी वा दफा ३४ अनुसारको अगुवा बैंक वा वित्तीय संस्थालाई बुझाउनेछ ।
लागत सम्बन्धी वितरणः कम्पनीको प्रक्षेपित वित्तीय विवरण अनुसार प्रति मेगावाट २१ करोड २६ लाख रहेको छ भने कुल लागत ७ अर्ब ६५ करोड रहेको छ । विद्युत उत्पादन अनुमतिको बाँकी अवधि ३० वर्ष ७ महिना रहेको छ । त्यसैगरी साधारण लगानी फिर्ता हुने अवधि ७.५४ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.१० वर्ष रहेको छ ।
पूँजी संरचना :- १. अधिकृत पुँजी : २ अर्ब ४० करोड, २. जारी पुँजी : १ अर्ब ८२ करोड ७९ लाख ७० हजार, ३. चुक्तापुँजी :१ अर्ब ४६ करोड २३ लाख ७६ हजार छ भने संस्थापक सेयर (८०%): ५० करोड ४० हजार, स्थानिय बासिन्दाहरु (१०%) : १८ करोड २७ लाख ९७ हजार र सर्वसाधारण शेयरधनी (१०%) : १८ करोड २७ लाख ९७ हजार
संचालक समिति : यस कम्पनीको संचालक समितिमा ७ जना सदस्य रहने व्यवस्था गरेको छ । संस्थापक समुहबाट ५ जना, सर्वसाधारण समुहबाट १ जना र स्वतन्त्र संचालक १ रहनेछ ।
श्री उमेश कसजु यस संस्थामा अध्यक्षको रुपमा कार्यरत छन् । सेन्टर फर पावर डेभलपमेण्ट सर्भिसेस प्रा.लि.मा विगत १४ वर्ष देखि आबद्घ रही अप्पर हाडी खोला जलबिधुत आयोजनाको सफल निमार्ण, उप्पादन र संचालनको कार्यानुभव रहेको छ। अन्य संचालहरुः श्री सुशिल गुप्त, श्री सन्दीप कुमार सारदा, श्री शक्ति कुमार गोल्याण, श्री शुलभ अग्रवाल रहेका छन् । यस कम्पनीमा हाल १४ जना संस्थापक सेयरधनीहरु रहेकाछन् ।
व्यवस्थापकः राजन धिताल प्रमुख कार्याकारी अधिकृतको रुपमा कार्यरत छन् । त्यसैगरी पियुष अग्रवाल पावरहाउस इन्चार्जको रुपमा कार्यरत छन् । वित्तीय विवरण : आइपिओ जारी पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ८२ करोड ७९ लाख पुग्नेछ । त्यसपछि आगामि तीन वर्षसम्म पूँजी बृद्धि नगर्ने लक्ष्य राखेको छ । जगेडाकोष ऋणात्मक रहेकोमा आर्थिक वर्ष २०८०/८१ बाट धणात्मक हुने प्रक्षेपण गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ बाटै विद्युत उत्पादन सुरु हुनेछ । चालु आर्थिक वर्षमा ३१ करोड ८५ लाखको विद्युत बिक्री आम्दानी हुने प्रक्षेपण गरेको छ ।
हाल सम्म घाटामा रहेको कम्पनी विद्युत उत्पादन सुरु भएसँगै आर्थिक वर्ष २०७९/८० बाट नाफामा जाने प्रक्षेपण गरेको छ । कम्पनीले २६ करोड १६ लाख नाफा कमाउने लक्ष्य राखेको छ भने प्रति सेयर आम्दानी १४.३१ हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७७/७८ अनुसार कम्पनीको प्रति सेयर आम्दानी ०.२८ ऋणात्मक रहेको छ भने नेटवर्थ ९३.६४ रहेको छ ।
आईपीओबाट प्राप्त पुँजीको उपयोग : आइपीओबाट प्राप्त रकम ग्लोबल आइएमई बैंकको ऋण तिर्न प्रयोग गर्नेछ । निष्काशन पछिको सुचिकरण रेन्ज : यस आईपिओ निष्काशन पछि नेप्सेमा ९३.६४ देखि २८०.९२ सम्मको रेन्जमा सुचिकरण हुनेछ । सुचिकरण रेन्ज न्युनतम अडिटेड नेटवर्थ र अधिकतम नेटवर्थको ३ गुणा सम्म दिने नेप्सेमा नियम रहेको छ । नोटः आवेदन दिनु अघि थप अध्ययन अनुसन्धान गर्नुहोला ।