बलेफी हाइड्रोपावरकाे आईपीओ बाँडफाँड गरिँदै, सबैभन्दा छिटाे नतिजा कहाँबाट हेर्न मिल्छ ?

Image

काठमाण्डाैं ।

बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) आज मंगलबार बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार अहिले केही बेरमा शेयर बाँडफाँट हुने भएको हो । कम्पनीले शुक्रबार नै प्रिअलमेन्टको काम सकाएर मंगलरबार शेयर बाँडफाँट गर्ने तयारी गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार पछिल्लो तथ्यांक अनुसार कम्पनीको शेयरमा २२ लाख ६४ हजार ३७८ आवेदनबाट २ अर्ब ६१ करोड ७१ रुपैयाँ बराबरको २ करोड ६१ लख ७१ हजार ३९० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १६ लाख ६३ हजार ४५३ कित्ताको करिब १५.७४ गुणा बढी हो । कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । त्यस अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले मात्रै शेयर पाउनेछन् ।

कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कसरी हेर्ने रिजल्ट ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ ।

रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता बिभन्न तरिकाबाट हेर्न सकिनेछ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे ( iporesult.cdsc.com.np ) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडकाे वेभसाइट, बलेफी हाइड्रोपावर लिमिटेडकाे वेभसाइट र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

छिटाे कहाँबाट हेर्ने ?

नतिजा सार्वजनिक भएपछि सबैभन्दा छिटाे नतिजा डिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे ( iporesult.cdsc.com.np ) नामक वेभसाइट र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडकाे वेभसाइट globalimecapital.com/ipo-fpo-share-allotment-check बाट हेर्न सकिनेछ ।

यो पनि : बलेफी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, यो तरिकाबाट हुदैछ बाँडफाँड