Khabar Board
Flash logo up side
Nirbachan aayog

सत्तारुढ गठबन्धन बैठक : तालमेलको मापदण्ड र मोडालिटी टुङ्गो लगाइने

Nirbachan m

काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा तालमेलको मापदण्ड टुङ्गो लगाउन आज निर्णायक बैठक गर्दैछ । आज अपराह्न ४ बजे बस्ने सत्ता गठबन्धनको उच्चस्तरीय बैठकले निर्वाचनका लागि साँझ उम्मेदवारको मोडालिटीको विषय टुङ्ग्याउने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनमा आबद्ध नेताहरुले अपिल गर्दै आइरहेका छन् । यसअघि पनि गठबन्धनमा मोडालिटीबारे विभिन्न प्रस्तावमाथि छलफल हुँदै आएको छ । तर, नेताहरुबीच सहमति भने जुट्न सकिरहेको छैन ।

आज मोडालिटी तयार पारेपछि कुन दलले कहाँ नेतृत्व लिने भन्नेबारे निर्णय लिन सजिलो हुने गठबन्धनमा आवद्घ दलको बुझाइ छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.