Khabar Board
Flash logo up side
flash header

जेठ १ देखि सातामा दुई दिन बिदा दिने सरकारको निर्णय, कार्यालय समय पनि हेरफेर

Nirbachan m

काठमाण्डाैं । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

जेठदेखि हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयनमा आउने भएकाेछ।

दुई दिन सार्वजनिक विदा दिएसँगै सरकारले कार्यालय समय पनि हेरफेर गरेको छ। विहान ९;३० बजेदेखि साँझ ५;३० बजेसम्म कार्यालय समय तोकिएको छ।

इन्धनको खपत घटाउन आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई दिन सार्वजनिक विदाको प्रस्ताव गरेको थियो। त्यस्तै नेपाल राष्ट्र बैंकले सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन सरकारलाई यो प्रस्ताव गरेको थियो।

Center article

सरकारले सुरुवाती चरणमा परीक्षणका रुपमा जेठबाट विदाको निर्णय कार्यान्वयनमा ल्याउने सरकारका प्रवक्ता कार्कीले बताए।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.