Khabar Board
Flash logo up side
flash header

दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि खुल्ने

Nirbachan m

काठमाण्डाै‌ं । दसैं तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १ गतेदेखि खुल्ने भएको छ । बुधबार यातायात व्यवस्था विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरी दत्त पनेरुले अन्तर प्रदेश लामा तथा छोटा दुरीका सार्वजनिक यातायातको टिकट असोज १ गतेदेखि काट्न सकिने गरी सर्वसाधारणका लागि सहजीकरण गरिने सहमति भएको बताएका छन ।

Center article

योसँगै असोज १ गतेदेखि नै सार्वजनिक यातायातको टिकट सर्वसाधारण नागरिकले काट्न पाउने भएका छन् । साथै, मंगलबारको बैठकले यातायात व्यवसायीसँग ९ बुँदे सहमति समेत भएको प्रवक्ता पनेरुले जानकारी दिए ।​

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.