काठमाडौँ । नेपाली यू–१६ र यू–१९ महिला टोलीले भुटानसँग हुने मैत्रीपूर्ण खेलका लागि तयारी राम्रो भएको जनाएका छन्।
नेपाली यू–१६ महिला टोलीले शुक्रवार दशरथ रंगशालामा भूटानको यसै उमेरसमूहका टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ। बिहीवार एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा यू–१६ टोलीले तयारी छोटो भए पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको जनाएको छ।
यू–१६ टोलीका प्रशिक्षक सुलभजंग रानाले ११ दिन प्रशिक्षण गरे पनि आफ्नो टोली राम्रो बनेको बताए। उनले भुटानसँगको खेलका लागि तयार र उत्साहित रहेको बताएका छन्। चन्द्रनिगाहपुरमा रहेको एकेडेमीका खेलाडीलाई ल्याएर तयारी गरेको उनको भनाइ छ।
भुटानको टोलीले लामो तयारी गरे पनि टिम खेल भएकाले नतिजा यस्तै हुन्छ भनेर आँकलन गर्न नसकिने जनाएको छ। दुवै टोलीले साफपछि नै प्रशिक्षण गरेको उल्लेख गरेको छ। भुटानको यू–१६ टोलीकी कप्तान खान्दु छोमोले नेपाल बलियो टोली भए पनि राम्रो चुनौति दिने बताइन्।
गत मंसिर २८ गते यू–१६ टोलीको घोषणा भइसकेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय यू–१६ टोली घोषणा गरेको हो।
खेलाडीहरू : नेपाली यू–१६ टोलीको ३ गोलकिपरमा झरना डुमराकोटी, लक्ष्मी ओली र गंगा गुरुङ छन्। डिफेन्डरमा मीनमाया श्रेष्ठ, अंशु विक, ज्ञान्शु डोल्मा लो, दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द र एलिजा विक छन्।
यसै उमेर समूहको मिडफिल्डरमा आशिका कार्की, कृतिशा तामाङ, आयुषा रेउले, भूमिका बुढाथोकी, सविना तामाङ, बब्तिका कार्की, डिकी स्याङ्बो, आयुषा गुरुङ, रविना विक छन्।
फरर्वाडमा यमकुमारी विक, पूर्णिमा थारु, पूजा गिरी र अनिता रानामगर छन्।
यू-१९ टोलीले आइतवार खेल्ने
नेपालको यू–१९ टोलीले भने भुटानी टोलीसँग आइतवार मैत्रीपूर्ण खेल खेल्नेछ। यम गुरुङको प्रशिक्षणमा नेपाली टोलीले तयारी गरेको छ। दुवै खेल दिउँसो २ बजे हुनेछन्।
गत सोमवार नै नेपालको यू–१९ महिला टोलीको घोषणा भइसकेको छ।
खेलाडीहरू : नेपाली यू–१९ टोलीको तीन गोलकिपरमा लिला जोशी, करुण बूढाथोकी सुजाता तामाङ छन्।
डिफेन्डरमा सेमिहाङ्मा लिम्बु, सीता रोकाया, गंगा रोकाया, रोजिता विष्ट, सिम्रन राई, सरिताकुमारी नाथ, माया मास्के, मिडफिल्डरमा झुमा विश्वकर्मा, विर्सना चौधरी, सुशीला केसी, भावना परियार, रेविका नेपाली, पुनम चेम्जोङ छन्।
फरवार्डमा कुसुम खतिवडा, समीक्षा मगर, सजिना स्याङ्तान, लिला चन्द, सुक्रिया मिया, वर्षा ओली र पूर्णिमा राई छन्।















