Khabar Board
Flash logo up side
flash header

३ दिनदेखि सुत्केरी हुन नसकेकी महिलाका लागि रगत खोज्न गाउँ पुगे डडेलधुराका युवाहरु

Nirbachan m

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका-५ कि भावना ओझा सुत्केरी हुन ३ दिनअघि डडेल्धुरा अस्पताल पुगिन्। तर चिकित्सकले उनको अवस्था जटिल भएको बताए।

जिल्लामा उनको ब्लड ग्रुपसँग मिल्ने बी नेगेटिभ रगत पाइएमा मात्रै यहाँ सुत्केरी गराउन सकिने बताएपछि उनको परिवार आत्तियो। आर्थिक अवस्था एकदमै कमजोर भएकी उनको परिवारले रेफर गरिएकी उनलाई धनगढी लैजान नसक्ने कुरा यहाँका केहि युवाले जानकारी पाए।

त्यसपछि नेवि संघ (विपी) का सभापति मदन बोहरा नेतृत्वको युवा समूहले बी नेगेटिभ रगतको खोजी गरेको थियो। जिल्ला रेडक्रस सोसाइटीद्वारा संचालित ब्लड बैंकमा समेत उक्त रगत नपाइएपछि चिकित्सकको टोली पनि चिन्तित भएको थियो। रेफर गरिएकी ओझालाई अन्यत्र लैजान नसक्ने अवस्थामा परिवार पुगेकाले आफूहरुलाई जसरी पनि उक्त ब्लड ग्रुपको रगत खोज्नु चुनौतीको विषय बनेको युवा सुरत तमोलीले बताए।

‘बल्लतल्ल डडेल्धुरा घर भएका राजेन्द्रप्रसाद जैसीले उक्त रगत समुह आफ्नो भएको भन्ने जानकारी दिए। तर उनी धनगढी थिए’ तमोलीले भने, ‘हामीले आज उहाँलाई बोलाएका थियौं। तर उहाँको रगत बी नेगेटिभ नभएर ओ नेगेटिभ रहेछ।’ त्यसपछि आज(शनिबार) सम्म रगत खोज्ने प्रतिबद्धता गरेको त्यो युवाको टोली छाङ्गाबाट खसेपछि जस्तै भयो।

Center article

तर उनीहरुले हार मानेनन्। आज फेरि उनीहरुले उक्त रगत खोज्ने प्रयास गरे। बी नेगेटिभ रगत भएको व्यक्ति भेटिए।
जिल्ला सदरमुकाम भन्दा टाढा रहेका ती भुवन पाण्डेको रगत निकालेर ल्याउन उनीहरु अजयमेरु गाउँपालिका-३ भद्रपुर पुगे। उनीहरुले रगत निकालेर ल्याउन एकजना स्वास्थ्यकर्मीसमेत लगेर गएका थिए।

अन्ततः रगत ल्याएर आफूहरुले एक गरिब महिलालाई सहयोग गर्न पाएकोमा हर्षित भएको सभापती मदन बोहराले बताए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.