Khabar Board
Flash logo up side
flash header

बजारमा आएको आँप खान सुरु गरिसक्नु भयो कि ?

Nirbachan m

काठमाडौं ।  गर्मी मौसम शुरु भएसँगै बजारमा आकर्षक देखिने आँप धेरै देखिन थालेको छ। धेरैले आँप खान पनि शुरु गरिसकेका छन। आँप स्वादिलो, पौष्टिक र प्रिय फल मानिन्छ। तर पछिल्लो केहि वर्ष यता आँप राम्ररी पाक्नु अगाडी नै बजारमा ल्याउन र आकर्षक देखाउन हानिकारक रसायनको व्यापक प्रयोग हुन थालेको पाइन्छ।

यो समस्या हाम्रो छिमेकी देश भारतमा पनि टाउको दुखाइको विषय बनेको पाइन्छ। तर पनि हालसम्म यो समस्यालाई पूर्ण नियन्त्रणमा ल्याउन भने सरोकारवाला निकायहरुलाई सकस भएको छ। भारतमा जस्तै नेपालमा पनि वर्षेनी हानिकारक रसायनयुक्त आँपको बिक्रीको बारेमा चर्चा हुने गरेको पाहिन्छ। तर अनुगमन फितलो हुँदा वर्षेनी जसो उपभोक्ताहरु रसायनयुक्त आँप खान बाध्य भएका छन। र कुनै न कुनै स्वस्थ समस्याले उपभोक्ताहरु ग्रसित भइहेका पनि पाउँदछौं। यस्तो आँप खाएपछि स्वास्थमा समस्या गत वर्ष हरुमा पनि धेरै व्यक्ति हरमा समस्या देखिएको थियो।

यस्ता आप तथा फलफूल खायो भने के हुन्छ?

क्याल्सियम ‘कर्बाईड’ नामक रसायनको प्रयोग गर्ने गरिन्छ। यसमा आर्सेनिक र फोस्फरस जस्ता रसायनहरु पनि हुने गर्दछ। यस्ता रसयुक्त आँप खाएपछि सास फेर्न असहजता हुने, वाक-वाक वा बान्ता हुने, पेट दुख्ने, कडा पखाला (कहिले कहिँ रगत पनि देखिने) साथै चक्कर लाग्ने, आलश्य हुने, टाउको भारी हुने, धड्कन बढ्ने जस्ता स्वस्थ समस्याहरु तत्काल देखिने गर्दछ भनि डक्टर शेरबहादुर पुन ले बताएका छन्।

Center article

छाला तथा आँखामा पनि समस्याहरु देखिन सक्दछ। ‘क्याल्सियम कर्बाईड’ रसायन प्रयोग भएका फलफूल/खानेकुराको लामो समय प्रयोग गर्दा क्यान्सर विकशित हुने र कलेजो, मिर्गौला, स्नायु प्रणाली जस्ता अंगहरुमा दीर्घकालिन असर पार्न सक्ने विभिन्न अनुसन्धानहरुले देखाएका छन्।

‘क्याल्सियम कर्बाईड’ रसायनको प्रयोग गरिएको फलफूल खादा नेपाली समाजमा दीर्घकालिन स्वास्थमा समस्याहरु बढ्ने सम्भावना देखिएको छ।

हाल आँप लगायत विभिन्न फलफूलहरु बजारमा प्रशस्त देखिन थालिसकेको छ भने जो कोहि बिरामी भएको अबस्थामा फलफूल खानलाई प्राथमिकता दिने गरिन्छ। त्यसैले ढिलो नगरी सम्बन्धित निकायले गुणस्तर अनुगमनमा कडाई गर्न जरुरी देखिन्छ। अझ, महत्वपूर्ण भनेको सरकारले नै (अरु स्वस्थमा सरोकार राख्ने गैर सरकारी संस्थाहरुले पनि) संचारका विभिन्न मध्यमहरु मार्फत हानिकारक रसायन मिसाएको हो होइन भन्ने थाहा पाउने सरल घरेलु विधिहरुको बारेमा निरन्तर प्रसारण गर्दा अझ उत्तम हुनेछ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.