दुई नम्बर प्रदेशबाट आएकालाई हेटौंडा प्रवेश गर्न कोरोना परिक्षण गरेको पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने भएको छ ।
बागमती प्रदेशको हेटौंडामा दैनिक संक्रमित बढीरहेको र भारत हुँदै मध्यनेपाल प्रवेश गर्नेहरुको संख्या धेरै भएकाले अनिवार्य पीसीआर देखाउनु पर्ने निर्णय प्रदेश सरकारले गरेको छ । २९ बिहीबार साँझ मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बैठकले २ नम्बर प्रदेशबाट बागमती प्रदेशमा प्रवेश गर्न अनिवार्य पीसीआर देखाउनु पर्ने निर्णय गरेको छ ।