जापान । जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ।
उनी ९१ वर्षका थिए। खाडी युद्धपछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो। -एएनआई, सिन्ह्वा

