Khabar Board
Flash logo up side
flash header

जापानमा सुनामी आउन सक्ने चेतावनी

Nirbachan m

काठमाडौं । जापानको मौसम विज्ञान एजेन्सीले सुनामी आउन सक्ने सन्देश जारी गरेको छ। जापानमा शनिबार मध्यराति सूचना जारी गरिएको हो। टोंगामा शनिबार शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि यहाँ सुनामी आउन सक्ने भन्दै सूचना जारी गरेको सञ्चारमाध्यमले जनाएको छन्।

दक्षिणी प्यासिफिक टापूको टोंगामा शनिबार विस्फोट भएको ज्वालामुखीपछि जापानको पनि प्यासिफिक क्षेत्रमा यसको खतरा रहेको बताइएको हो।
सुनामी आउन सक्ने भन्दै सामुद्री किनाराका नागरिकलाई उद्धार गरी अन्यत्रै सारिएको छ। साथै यस वरपरका नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

जापानको पूर्वी समद्री किनारामा सुनामीको संकेत नै देखिइसकेको यससम्बन्धी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार यहाँको अमामी टापू तथा यस वरपरको समद्री किनारामा पानीको सतह केही माथिसम्म आएको र यसबाट सम्भावित सुनामीको संकेत देखिइसकेको जनाइएको छ।

Center article

जापानको दक्षिणपश्चिमी सामुद्री किनारामा करिब तीन मिटरसम्मको सुनामी आउनसक्ने सो निकायले जनाएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.