हेटौंडा । मकवानपुरको विभिन्न सार्वजानिक स्थल र बढी भीडभाड हुने स्थानहरुमा खोप केन्द्रहरुको व्यवस्था गरेर खोप लगाउने भएको छ । आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो ।
सरकारको निर्णय अनुसार यहि २ गतेदेखि मोडरना खोपको दोस्रो मात्रा खोप केन्द्रबाटै र १२ वर्ष देखी १७ वर्ष सम्मले स्थानीय तहको शिक्षा शाखासँग समन्वय गरी खोप लगाउने निर्णय गरिएको छ । अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सार्वजनिक सेवामा काम गर्ने कर्मचारी लगायत ६० वर्ष माथिका जेष्ठ नागरिकलाई बुस्टर खोपको व्यवस्था गरि लगाइने जनाइएको छ ।