अबदेखि काठमाडौं उपत्यकामा के गर्न पाइन्छ, के पाइँदैन ? (आदेशसहित)

Image

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्नेसहित विभिन्न निर्णय गरेको हो ।

भोलि रातिदेखि जोर गते जोर अन्तिममा जोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ भने बिजोर गने अन्तिममा बिजोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ ।

औषधि, स्वास्थ्य सामाग्री बोकेका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, सववाहन, ग्यास पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षिका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु हुने छैन।