कैलालीमा सार्वजनिक सेवा लिन आजदेखि खोप कार्ड अनिवार्य

Image

धनगढी । सार्वजनिक सेवा लिन र हिँडडुल गर्दा आजदेखि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबारदेखि सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिले कोरोनाको नयाँ भेरियन्ट सहितको संक्रमणलाई मध्यनजर गर्दै सार्वजनिक स्थानहरु कार्यलय, होटल, रेष्टुरेन्ट, रंगशाला आदि ठाउँमा जाँदा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य गरेको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

जसअनुसार कुनै पनि सेवा लिन जाँदा व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्नेछ । कार्ड नै नबोकेर मोबाइलबाट खोप कार्डको फोटो देखाएर पनि सेवा लिन सकिनेछ ।