हेटौंडा । कोटेश्वरबाट गएराति एक जना पठाओका बाईक चालक अपहरण भएका छन् । शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओका चालक लाई धापाखेल पुर्याइ अपहरण गरी लुटपाट गरेका हुन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र चालक को मोटरसाइकल पनि लिएर दुई जना फरार भएका थिए । आइतबार बिहान साढे १ बजे स्थानीयले धापाखेलमा बन्धक बनाइएका चालक काठमाडौंका २५ वर्षीय प्रविन राइलाई हारगुहार गर्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए र खबर पाएलगत्तै प्रहरी टोलीले उद्दार गरी उपचारका लागि पाटन अस्पताल लगेको थियो ।
रातिबाट थालिएको अनुसन्धानका क्रममा पठाओ बुकिङ गरेर लाने २१ वर्षीय सुमन तामाङ र धापाखेलमा बन्धक बनाउन सहयोग गर्ने उनका साथी मिनराज राईलाई प्रहरीले पक्राउ गरिएको पोखरेल बताउँछन् ।
ललितपुर प्रहरीका एसपी प्रज्जवल महर्जनका अनुसार आइतबार बिहान दुई जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा चालक को मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको थियो ।
चोरी भएको बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल सँगै चोरी भएको मोबाइल पनि उनीहरुको साथबाट बरामद भएको छ एसपी महर्जनले भने थप अनुसन्धान भइरहेको छ।
















