हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्लामा मास्क नलगाई हिँडडुल गर्नेलाई १०० रुपैयाँ जरिवाना गराउने भएको छ ।आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको हो । जिल्लामा पछिल्लो दिनहरुमा कोरोना संक्रमित बढीरहेको अबस्था छ । आज पनि मकवानपुरमा ९१ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३८ जनामा पिसिआर र १३८ जनामा एन्टीजेनबाट परीक्षण गर्दा १२ जना र ७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । आज थप २० जनाले संक्रमणलाई जितेका छन् । मकवानपुरमा हाल १ हजार ५७१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
















