Khabar Board
Flash logo up side
flash header

प्रदेश–१ मा मतदान जारी, तीन पदका लागि यी ८ जना मैदानमा

Nirbachan m

विराटनगर । प्रदेश नम्बर–१ मा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ ।

विराटनगर बाली संरक्षण केन्द्र र प्रदेश निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो । मुख्यमन्त्री राजेन्द्र राईसहित प्रदेश सरकारका मन्त्रीहरूले मतदान गरेका छन् ।

यहाँ तीन राष्ट्रियसभा सदस्यका लागि आठ उमेदवार चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धनका तर्फबाट खुलामा नेपाली कांग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई र अल्पसंख्यक वा अपांगता भएका कोटातर्फ जनता समाजवादी पार्टी (जसपा)का हेमराज राई उमेदवार छन् ।

Center article

प्रतिपक्षी नेकपा (एमाले)का तर्फबाट खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा उमेदवार छन् ।

राप्रपाबाट अमर बिष्ट र रन्जु प्याकुरेल पनि चुनावी मैदानमा छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.