काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा हालसम्म १६९ मतदाताले मत हालेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार बिहान ११ बजेसम्ममा प्रदेशसभाका ४५ र स्थानीय तहका १२४ गरी १६९ मतदाताले मत खसालेका छन् ।
लुम्बिनीमा प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ गरी २९६ मतदाता छन् । लुम्बिनीमा तीन पदका लागि मतदान भएको हो । ६ जनाबीच प्रतिस्पर्धा छ ।
सत्तारूढ दल नेपाली कांग्रेसबाट युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो)का तर्फबाट तुलबहादुर विश्वकर्मा उमेदवार छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को तर्फबाट रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनार उमेदवार छन् ।