काठमाडौं । जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा देखिएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणअनुसार १४ प्रतिशतले बढेको हो ।
यस्तै मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ । अन्य प्रदेशमा १० प्रतिशतभन्दा कमले जनसंख्या वृद्धि भएको जनगणनाको प्रारम्भिक तथ्यांकले देखाएको छ ।