Khabar Board
Flash logo up side
flash header

२१ लाख ५९ हजार नेपाली विदेशमा, जनगणनामा अनुपस्थित

Nirbachan m

काठमाडौं । २१ लाख ५९ हजारभन्दा बढी नेपाली विदेशमा रहेको पाइएको छ ।

बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार २१ लाख ६९ हजार ४७८ व्यक्तिहरू नेपालको अक्सर विदेशमा बसोबास गरेको देखिएको हो । त्यसमध्ये १७ लाख ६३ हजार ३१५ पुरुष (८१.२८%) र चार लाख ६ हजार १०३ महिला (१८.७२%) रहेका छन् ।

१० वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्नेहरू)को संख्या १९ लाख २१ हजार ४९४ थियो । त्यसमध्ये पुरुष १६ लाख ८४ हजार २९ (८७.६४%) र महिला दुई लाख ३७ हजार ४०० (१२.३६%) थिए । ०६८ को तुलनामा ०७८ मा विदेशिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको देखिन्छ ।

Center article

विदेशमा भएर जनगणनामा अनुपस्थित हुने ७७ जिल्लाकै व्यक्तिहरू छन् । सबैभन्दा बढी विदेश हुने जनसंख्या भएका प्रमुख पाँच जिल्लाहरूमा काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरङ छन् । सबैभन्दा कम विदेशमा भएका व्यक्तिहरू भएका जिल्लाहरूमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.