आईपीओ निष्कासन गर्दै धौलागिरि लघुवित्त, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

Image

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि जारी गर्नुपर्ने तीन लाख कित्ता आईपीओ निष्कासनका लागि सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जानकारी दिएको छ।

बुधबार संस्थाका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

हाल यो कम्पनीको चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको छ। आईपीओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ। कम्पनीको यस अवधिसम्म कूल कर्जा लगानी एक अर्ब ४४ करोड रुपैयाँ, निक्षेप संकलन ६२ करोड १४ लाख रहेकोमा अन्तरबैंक सापटी ६१ करोड ८० लाख रुपैयाँ रहेको छ।