काठमाण्डाैं । धेरै महिनाकाे अन्तरालमा खुलेकाे जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा साढे १७ लाख भन्दा बढीको आवेदन गरेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ बजेसम्ममा लघुवित्तको आईपीओमा १७ लाख ५४ हजार ५१७ जनाले २ अर्ब १७ करोड ४९ लाख ४९ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख ४९ हजार ४९० कित्ता शेयरको लागि आवेदन गरेका हुन् ।
यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ४४.५७ गुणाले बढी हो । लघुवित्तले आज (माघ २१ गते) देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो।
त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।
सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परिसकेकोले माघ २५ गतेसम्म मात्रै आवेदन दिन सकिनेछन् ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ।















