Khabar Board

हेटौंडा राप्तीतटमा शवदाह मेसिनबाट शव जलाउन सुरु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर १०, राप्तीतटमा शवदाह मेसिनबाट शव जलाउन सुरु गरिएको छ ।

मेसिन जडानको काम सकिएपछी हिजो मंगलबारबार देखि शव जलाउन सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनुभयो । मेयर हरिबहादुर महतका अनुसार धार्मिक संस्कारले नै दाहसंस्कार गर्न मिल्ने गरी ७४ लाखको लगानीमा शवदाह मेसिन जडान गरिएको बताएको छ ।

भारतबाट ल्याइएको शवदाह मेसिनको प्रयोगपछि शवदाहको समयमा दाउराको खपत कम हुने साथै छोटो समयमै शवदाहको कार्य सकिने उनले जानकारी दिए ।

शवको तौल अनुसार दाउरा एक सय केजीदेखि एकसय २० केजीसम्ममा एउटा शव दाह गर्न सकिने उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले बताएका छन् । परम्परागतरुपमा शवदाह गर्दा शवको तौलअनुसार ४ सयदेखि ५ सय केजीसम्म दाउरा खपत हुने गरेको थियो ।

मेसिनमा शवदाह गर्दा कुनै किसिमको शूल्क नलाग्ने पनि उपमहानगरले स्पष्ट पारेको छ । एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाह गरिने भएको कारण ले आसपासका क्षेत्रमा दुर्गन्ध हुने समस्याको पनि समाधान हुने भएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.