अर्काको बच्चा चोरि गरेर भाग्दै गरेको आरोपमा २ महिला पक्राउ

Image

जनकपुरधाम । अर्काको बच्चालाई चोरेर भाग्दै गरेको आरोपमा धनुषाबाट दुई महिला पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

बच्चा चोरी गर्दै गर्दा पक्राउ परेकी महिलालाई सार्वजनिक गर्न धनुषा प्रहरीले आज ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।