Khabar Board

मकवानपुर गढीमा कोदो र फापरको परिकार बनाउने ३ दिने तालिम सुरु

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा कोदो र फापर बाली धेरै उत्पादन हुने भएको ले त्यहाँ का बासिन्दाहरु लाई कोदो र फापरको परिकार बनाउने तालिम सुरु भएको छ । गाउँपालिका कृषि विकास शाखाको आयोजनामा भएको तालिमको एक कार्यक्रमकाबिच गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाले उद्घाटन गरेकी हुन् ।

( तालिममा सिकाइने परिकारहरू)

कोदो र फापरको हलुवा, निमकिन, बिस्कुट,केक, कुकिज, पिजा, पाउरोटी, दुनोट, मःम जस्ता परिकार बनाउन सिकाइएको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

तालिममा प्रशिक्षण नेपाल कृषि अनुसन्धान परिषदका बैज्ञानिक खाद्य , प्रविण ओझाले दिईरहेका छन् । तालिमामा सहभागी मकवानपुरगढी गाउँपालिकाका सबै वडाका होटल, होमस्टे, खाजा घरका संचालक र कृषि प्राविधिकहरु रहेका छन्। तालिम आज देखि माघ २९ गतेसम्म संचालन हुने भएको छ । भने यही फाल्गुन १ गते आईतबार  सबै बनाइएका परिकारहरुको प्रदर्शनी गर्ने कार्यक्रम पनि रहेको प्रमुख चौधरीले जानकारी दिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.