हेटौंडा । मकवानपुरको विकट राक्सीराङ्ग र मनहरी गाउँपालिकाका अति विपन्न चेपाङ लगायत तामाङ समुदायका जम्मा ६ सय १० परिवारलाई आज विहिबार नेपाली कांग्रेस बागमती प्रदेशले जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण गरेको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले मकवानपुरको राक्सीराङ गाउँपालिका १, ३ र ५ को टंगरंङ्ग, साझाबंगीम, निगुरेटार, चुरेडाँडा, ईन्द्रुङ, राम्चे, मैनटार डोटे टोलका ३ सय चेपाङ लगायत तामाङ घरपरिवारलाई न्यानो कपडा कम्वल वितरण गरेको छ ।
यसैगरी मनहरी ४ नयाँवस्तीका बनकरिया, प्रजा, तामाङ, दलित समुदायका २ सय घरपरिवार र मनहरी ३ लामिटारका १ सय १० घरपरिवारलाई न्यानो कपडा कम्वल वितरण गरिएको हो ।
कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा प्रतिनिधिसभा २ ख का प्रदेश सभापति रञ्जन कालाखेती राक्सीराङ गाउँपालिका अध्यक्ष एवं कांग्रेस मकवानपुरका जिल्ला सदस्य राजकुमार मल्ल, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, राक्सीराङ गाउँपालिका सभाति बीरेन्द्र जिम्बा, मनहरी ३ का वडा सभापति रमेश पुरी, मनहरी ४ का वडा सभापति आईतसिं तितुङ ले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश उपसभापति मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कन्चनचन्द्र वादे, सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठ, जीवन डंगोल, सदस्यहरु देवकी गौतम, कल्पना खड्का, जानुकी लामा, समाजसेवी होमनाथ चौलागाई, राक्सीराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ र नेता लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
















