बैतडी । बैतडीको डिलाशैनि गाउँपालिकामा तालाबन्दी गरिएको छ। सूचनाको माग गर्दा आनाकानी गरेको भन्दै शुक्रबार तालाबन्दी गरिएको हो।
नेपाली कांग्रेस डिलाशैनिले कार्यपालिकाको निर्णयको प्रतिलिपी, पाँच वर्षसम्म भएका साना ठुला योजनाहरुको विवरण, पालिका भरका कर्मचारीको विवरणलगायतका सूचना माग गरेकोमा नदिएपछि तालाबन्दी गरिएको बताइएको छ।
यता, पालिका अध्यक्ष उकेन्द्रबहादुर बोहराले भने केहीदिनमै सूचना दिने बताए पनि तालाबन्दी गरेको बताए।