बैतडी । बैतडीमा तीन महिनादेखि राहदानी सेवा बन्द हुँदा सेवाग्राहिहरु समस्यामा परेका छन् । बिद्युतीय राहदानी जारी गर्ने कार्यका लागी तयारी गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले मंसिर ३ गतेदेखि एमआरपि पासर्पोट वितरण गर्ने कार्य बन्द गरेको छ ।
लामो समयसम्म पनि बिद्युतीय राहदानी जारी गर्ने प्रणाली जडान नहुँदा बिदेश जाने तयारीमा रहेका जिल्लाका नागरिकहरु समस्यामा परेका छन् । अत्यन्त जरुरी भई कारण र प्रमाण सहित आएका सेवाग्राही बाहेक अन्य राहदानीको दु्रत सिफारिस र साधारण राहदानी फारम संकलन गर्ने कार्य मंसिरदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
सरकारले प्रत्येक जिल्ला प्रशासन कार्यालयहरुबाट बिद्युतिय राहदानी वितरण गर्ने रणनिति लिए पनि उक्त प्रणाली जडानका लागी प्राबिधिक टोली नआउदा ढिलाई भएको सुचना अधिकारी भारतीले बताए। जसका कारण सेवाग्राहीले समस्या झेलिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अहिले सुदुरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा मात्रै बिद्युतीय राहदानी वितरण भईरहेको छ ।














