Khabar Board

रेल भोलिदेखि चलाइने

जनकपुरधाम । जयनगर–कुर्था रेलमार्गमा आइतबार (भोलि)देखि रेल सञ्चालन गरिने भएको छ । तत्कालका लागि यात्रुबिनाको रेल चलाउन लागिएको हो ।

भोलिदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रयरन’ गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

रेलवे लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ । भोलिदेखि लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ । पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत निर्देशन दिइएको छ ।

अनुमतिबिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । गेट म्यान कर्मचारी भोलि बिहानैबाट काममा खटिने झाले बताए ।

६० नेपाली र १४ भारतीय कर्मचारी भोलिदेखि काममा खटिनेछन् । १२ भारतीय कर्मचारी उद्घाटनपछि आउने बुझिएको छ ।

जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । एसी चलाएर आउँदा दैनिक २८० लिटर डिजल लाग्ने अनुमान गरिएको छ ।

०७७ असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको थियो । अहिले रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.