प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

Image

काठमाडौँ । संसदीय दलको बैठकबाट एमसिसीको विपक्षमा उभिने निर्णय गरे लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

सरकारले अघि बढाउन खोजेको एमसिसी परियोजनाबारे संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।

माओवादी केन्द्रले संसदबाट जबरजस्ती अघि बढाउन खोजेको गठबन्धन तोडिने चेतावनी दिएको छ ।