बन्द रहेको बैतडी-धनगढी हवाइ सेवा शुक्रबार देखि फेरी सुचारु हुने

Image

बैतडी । बन्द रहेको बैतडी-धनगढीको हवाइ सेवा सुचारू हुने भएको छ ।

पुष १६ गते देखि बन्द रहेको पाटन धनगढी हवाइ सेवा फागुन ६ गते शुक्रबार देखि सुचारु हुने भएको हो । प्रतिकूल मौसमका कारण झण्डै डेढ महिना बढि समय देखि बन्दरहेको बैतडी धनगढी हवाइ सेवा शुक्रबार देखि सुचारु हुने समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारि दिनुभयो ।

साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएकोमा प्रतिकूल मौसमका कारणम पुष १६ गते देखि सेवा बन्द भएको थियो । हवाई सेवा मार्फत बैतडीबाट धनगढी १७ मिनेटमा पुगिन्छ ।

बैतडीदेखि धनगढी सम्मको हवाई भाडा ४ हजार १ सय रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

किन बन्द भयो बैतडी–धनगढी उडान ?