एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्छ: प्रधानमन्त्री देउवा

Image

हेटौंडा। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताएका छन् । आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले बताए ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तकको आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले भने ‘एमसीसी’ पास गराउन हामीले एक मतले निर्णय गरेका हौं । र त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन ।’ साथै उनले एमसीसी राष्ट्रको हितमा भएको जिकीरसमेत गरे ।

प्रधानमन्त्री देउवाले भने राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन हुदैन भन्दै राम्रो कामको प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् साथै कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि पनि कांग्रेसले आफ्नो भूमिका निर्बाह गर्नुपर्ने बताए । उनले भने, कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन ।

निर्वाचनको क्षण, लाभ, हानी यी सबै कुरालाई बिर्सेर पनि आजको दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो परिचय कायमै राख्नुपर्छ । नेपालको राष्ट्रिय हितको रक्षाका निम्ति कसले के भन्यो भन्ने कुरामा होइन तर नेपाली कांग्रेसले कुनै पनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने गरेको छैन भनि थापाले दाबी गरेका छन् ।