एमाले अध्यक्ष केपी ओली सहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

Image

नेकपा ‘एकीकृत समाजवादी’ निकट अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिवद्वय योगेश भट्टराई र पदमा अर्याल र नेता भानुभक्त ढकालविरुद्ध भ्रष्टाचार प्रकरणमा छानविन गरी कारवाही गर्न माग गरिएको छ ।

अनेरास्ववियुको बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिएको उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको दाबी गरिएको छ।

भ्रमण वर्षको नाममा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले आर्थिक अनियमितता गरेको अनेरास्ववियुको दाबी रहेको छ। अनेरास्ववियू बागमती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकी, नेता सुदेश पराजुलीलगायत अख्तियार केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन् ।