काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा आफ्नो पार्टीको आपत्ति रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा उनले सदनको कार्यसूचीमा दलहरूको पूर्ण सहमति जुट्न नसकेको र यसमा आफूहरूको असहमति रहेको बताए ।
सदन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच अघि बढ्न नसक्ने पनि उनले बताए ।
“सदन अवरुद्ध छ । प्रतिपक्षका मान्यहरूले ६ महिनादेखि अवरोध गरिरहनुभएको छ । अवरोध जारी छ । एमसीसीसम्बन्धी कार्यसूची आएको छ । यसमा आपत्ति र असहमति छ,” उनले भने ।