Khabar Board
Flash logo up side
flash header

धनगढी विमानस्थल स्तरोन्नतिको लागी मन्त्रिपरिषद्ले तोक्यो प्रारम्भिक अधिकारी

Nirbachan m

धनगढी । धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न विमानस्थलका कार्यालय प्रमुख रामकृष्ण भट्टलाई प्रारम्भिक अधिग्रहण अधिकारी तोकिएको छ।

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले जग्गा अधिग्रहण लगायतका कार्य अगाडी बढाउने जिम्मेवारी सहित भट्टलाई प्रारम्भिकअधिकारी तोकेको हो। धनगढी विमानस्थल स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गाको सर्भे गर्न आएको टोलीले कार्य सम्पन्न गरेर र्फकीएको बताइएको छ । धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले २ सय ५८ विघा जग्गा अधिग्रहण गर्न प्राविधिक टोलीले सर्भे गरेको बताए।

उनका अनुसार सर्भे रिपोर्ट प्राधिकरणमा समेत पेश गरिएको छ। तर सर्भेले निकालेको तथ्यांक र नापीसँग भएको डिजिटल नक्सालाई मिलाउनु पर्ने हुँदा उक्त रिपोर्ट सार्वजनिक गर्न केही समय लाग्ने धनगढी विमानस्थलका प्रमुख भट्टले बताए।जग्गाको मुआब्जा निर्धारण समितिको जिम्मा भने प्रमुख जिल्ला अधिकारीलाई दिनुपर्ने कानुनि प्रावधान छ। योसँगै धनगढी विमानस्थल विस्तारको कामले गति लिने अपेक्षा गरिएको छ।

Center article

नागरिक उड्यन प्राधिकरण क्यानको ३९२औं बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्नका लागि नक्सा पारित गर्ने निर्णय गरेको थियो। साथै २५८ बिगा जग्गा अधिग्रहण गर्ने प्रस्ताव समेत पारित गरेको थियो। अहिले विमानस्थलमा १८ सय मिटरको धावनमार्ग छ भने स्तरोन्नतिका लागि २५५० मिटरको छुट्टै धावनमार्ग बनाइने छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.