Khabar Board
Flash logo up side
flash header

धर्मराउँदै पाँचदलीय सत्तारूढ गठबन्धन

Nirbachan m

सत्तारूढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारको भविष्य जोखिममा पर्नेगरी निर्णय लिएका छन् । माओवादी केन्द्रको फागुन ४ गते बसेको संसदीय दलको बैठकले एमसिसीमा सरकारले जबर्जस्ती गरे गठबन्धन भत्किने र आफूहरू सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यथास्थितिमा एमसिसी संसद्मा टेबुल गर्नसमेत नहुने उसको मत थियो । एमसिसी टेबुल भयो तर उसले सरकार भने छाडेको छैन।

 

नेकपा एकीकृत समाजवादीले निरन्तर बैठक राखी एमसिसीविरुद्ध मोर्चा कसेको अनुभूति हुनेगरी निर्णय गरिरहेको छ। उसको आइतबार बसेको स्थायी कमिटी बैठकले एमसिसी संसद्मा पेस गर्न दिने तर अनुमोदन भने गर्न नसकिने निर्णय गरेको थियो। । यस्तै सोमबार बसेको सचिवालय बैठकले एमसीसीसम्बन्धी प्रस्तावको विपक्षमा रहने निर्णय गरेको छ। तर यो प्रस्तावमा मतदान हुँदा ‘ह्विप’ भने नलगाउने निर्णय भएको उक्त दल सम्बद्ध स्रोतले जनाएको छ। गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी (जसपा) अनिर्णीत छ भने अर्को घटक जनमोर्चा एमसिसी खारेज गर्नुपर्ने भनी खुलेर लागेको छ।

Center article

यसरी पाँचदलीय सत्तारूढ गठबन्धन धर्मराउँदै गरेको देखिएको छ। गठबन्धनको भविष्य संकटमा पुग्दा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यसमेत जोखिममा परेको छ। गठबन्धन फुट्दा स्वयं प्रधानमन्त्रीको देउवाको पदसमेत गुम्नसक्ने केही कानुनविद्ले बताउँदै आएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.